काठमाडौं - कोरोना भाइरसको कारण आइतबार मात्र हुवई प्रान्तमा ५६ जनाको मृत्यु भएको छ । केहि सातादेखि संत्रास फैलाएको यो भाइरसले अहिलेसम्म ३६१ जनाको ज्यान लिएको छ । मृत्यु हुनेमा फिलिपिन्सका एक जना रहेका छन् भने बाँकी सबै चीनको रहेका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगको अनुसार १७ हजार व्यक्तिमा यो भाइरसको संक्रमण रहेको छ जसमा ३ हजारको स्वास्थ्यस्थिति नाजुक छ । आइतबार मात्र २५०० जना नयाँ संक्रमित भेटिएको चीनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

विश्वका एक दर्जनभन्दा बढी देशमा फैलिएको यो भाइरस आक्रान्त फैलाएको छ ।