काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले आगामी वर्ष नेपालको झण्डा फहराएर जनकपुर जयनगर रेल सञ्चालन गर्ने बताएका छन् ।

संसदमा बिनियोजन बजेटमाथि मन्त्रालयगत छलफलमा उठेका प्रश्नको सांसदहरुको जवाफ दिँदै उनले यसको लागि बजेटसमेत छुट्याइएको बताए । ‘नेपालको झण्डा फहराएर जनकपुर जयनगर रेल चलाइने छ,’ उनले भने, ‘त्यसको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ।’

साथै, उनले ८० वटा राजमार्गलाई निरन्तरता दिँदै पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने काम अघि बढाउन बजेटको व्यवस्था गरिएको पनि बताए।