काठमाडौं - विद्युतीय कारोबार मुद्दामा आरती रावल पुर्पक्षका लागि जेल चलान भएकी छन् । काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार उनलाई महिला बन्दीगृह, जगन्नाथ देवल चलान गरिएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको बेञ्चले बुधबार उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
न्यायाधाशी भुवन गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी रावल ‘न्यायका लागि’ भन्दै प्रदर्शनमा उत्रिने गरेकी थिएइन् । न्यायाधीश गिरी सोही मुद्दामा केही समय जेल चलान भएका थिए । पछि मुद्दामा सफाइ पाएर रिहा भएपछि उनी नियमित काममा सरिक हुन थालेका छन् ।

.gif)

