सुनको भाउमा नयाँ रेकर्ड,तोलाको ७१ हजार पुग्यो
खबर एक्सप्रेस
२०७६-०४-२८ ११:०० मा प्रकाशित
Total Shares: 771
काठमाडौं - सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबभन्दा बढी मूल्य हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबभन्दा बढी कायम गरेको हो।
पछिल्ला तीन दिनयता प्रतितोला ७० हजार रुपैयाँमा अडिएको सुनको मूल्य मंगलबार एक हजारले बढेर ७१ हजार पुगेको हो। त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ७० हजार ७ सय पुगेको छ।
फेसबुक पेज Like गर्नुहोस