विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना पक्राउ
खबर एक्सप्रेस
२०७७-०१-३० ०३:१० मा प्रकाशित
Total Shares: 325
काठमाडौं - विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना पक्राउ परेकी छिन् । भारतले नेपालको भूमि अतिक्रमण गरेका विरोधमा मंगलबार दिउँसो राजधानी काठमाडौँमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेकी हुन् ।
दर्शनासहित अन्य दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
देशमा लागू गरिएको लकडाउनका बीचमा पनि काठमाडौँमा भारतको कदमको विरोधमा दैनिकरुपमा प्रदर्शन भइरहेका छन् । यसअघि आज कलंकीबाट अधिवक्ता सुरेन्द्र भण्डारी पनि पक्राउ परेका थिए ।
फेसबुक पेज Like गर्नुहोस