भारतीय दूतावासको पत्र प्रकरण : कृषि मन्त्री भन्छन्, ‘परराष्ट्रले जवाफ दिनुपर्छ’
काठमाडौं - भारतीय दुतावासले विषादी परिक्षण नगर्न दबाब दिँदै पठाएको पत्र बारे प्रधानमन्त्री नै भ्रममा परेको चर्चा भईरहँदा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले पत्रबारे परराष्ट्रले जवाफ दिनुपर्ने बताएका छन् ।
बिहिबार रिपोर्टस क्लवमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खनालले कुटनीति नियम अनुसार पनि पत्रको जवाफ परराष्ट्रले दिनुपर्ने बताएका हुन् ।
मन्त्री खनालले पत्र परराष्ट्र मन्त्रालयमा आएको र त्यो दुई देशबीचको सम्बन्धको कुरा भएको बताए । मन्त्री खनालले अघि भने, ‘डब्लुटीओअनुसार पत्र आएको हो । यो सामान्य पत्र हो । तर, यसको जवाफ हामीले भन्दा पनि परराष्ट्रले दिनुपर्छ ।’
स्मरण रहोस्, बुधबार बेलुका नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा विषादी प्रकरणबारे सोधिएको प्रसंगमा प्रधानमन्त्री ओलीले आफुँलाई भारतीय दुतावासको पत्रबारे गुमराहमा राखिएको बताएका थिए । प्रधानमन्त्री लगायत विभिन्न मन्त्रीहरुले दुतावासको पत्र नआएको भन्दै कटाक्ष गर्दै आएका थिए ।
प्रधानमन्त्रीले दुतावासको दबाब नआएको बताएको २ दिनपछि अर्थात् असार २३ गते भारतीय दूतावासले सो मितिभन्दा एक साताअघि नै परराष्ट्र मन्त्रालयमार्फत् नेपाल सरकारलाई पठाएको पत्र बाहिरिएको थियो।
सरकारले विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएपछि सर्बत्र आलोचना भएको थियो । यद्यपि, विषादी परीक्षण तत्काल नगर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरकालीन आदेश दिइसकेको छ ।
विषादी परीक्षण रोकिएको छैन्
कृषि मन्त्री खनालले विषादी परीक्षण जारी नै रहेको दाबी गरेका छन् । उनले काठमाडौं उपत्यकाबाहिर भएका ६र७ वटा ल्याबहरुमा काम भईरहेको बताए । उनले ल्याबहरुको परीक्षण गर्ने क्षमतामा प्रश्न रहेको सुनाउँदै छिट्टै स्तरोन्नती गर्ने समेत बताए । खनालले ल्याब सञ्चालनमा जनशक्तिको अभाव रहेको बाए ।
मन्त्री खनालले भारतलगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफुल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा ६ महिना लाग्ने स्पष्ट पारे । केन्द्रीय प्रयोगशालाले २९ वटा विषादीका समुहको परीक्षण गर्ने भएपनि बाँकीमा २ वटा प्यारामिटर मात्रै चेक हुँदै आएको उनले स्पष्ट पारे ।
फेसबुक पेज Like गर्नुहोस