फ्रान्सको राजधानी पेरिसमा गोली चल्दा ३ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७९-०९-०९ १२:२४ मा प्रकाशित
Total Shares: 214
काठमाडौं,एजेन्सी-फ्रान्सको राजधानी पेरिसमा शुक्रबार एउटा कुर्द सांस्कृतिक केन्द्रमा गोली प्रहार भएको छ ।
क्रिसमस पर्व आउन केही घण्टा अगाडि भएको घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
यसबारे जानकारी दिँदै अधिकारीहरूले गोलीबारीमा घाइते भएका ६९ वर्षीय संदिग्धलाई पक्राउ गरिएको बताए ।
ती व्यक्तिले कुर्दिश सांस्कृतिक केन्द्रलाई किन निशाना बनाएको भन्ने अहिलेसम्म थाहा हुन नसकेको मिडिया रिपोर्टमा उल्लेख छ । प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस