भारत हिँडेकी सरिता गिरीलाई सीमाबाटै फर्काइयो
काठमाडौं - आफ्नो माइती देश भारत जान हिँडेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई नेपाल–भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदिएका छन् ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल र भारतलगायत विभिन्न देशमा यतिबेला लकडाउन जारी छ ।
भारतले नेपाली भूमि अतिक्रण गरिरहेको लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नेपालले आफ्नाे भूमि फिर्ता लिन उक्त क्षेत्रलाई समेटेर नयाँ नक्सा तयार गर्दा नेपालको पक्ष नभइ भारतको पक्षमा लाग्दा अहिले उनी देश र जनताबाट एक्ली भएकी छन् । यसै कारण सांसद गिरी सिराहाको ठाडी नाकाबाट मंगलबार भारतको बिहारतर्फ जान लागेकी थिइन् ।
संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी गृहजिल्ला सिराहामा पुगेकी थिइन् । सांसद गिरीको माइती बिहार हो भने घर सिरहाको बस्तिपुरमा पर्छ ।
सांसद गिरी कार्यकर्ता भेट्न भन्दै सीमा क्षेत्रमा पुगेको र त्यतैबाट पारि नगई फर्किएको जानकारी आफूले पाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिमानामा खटिएका सशस्त्र प्रहरीका एक अधिकृत अनुसार उनलाई दशगजा नजिकबाट फिर्ता पठाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस