काठमाडौं -  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरू भएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिनुभयो । बैठकमा संसद पुर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि उत्पन्न परिस्थितिका विषयमा छलफल हुने बताइएको छ ।

बैठकले महत्वपूर्ण निर्णय गर्दै पार्टीले आगामी दिनमा चाल्नुपर्ने सुझबुझपूर्ण कदमबारे छलफल भई आवश्यक निर्णय लिइने नेता मण्डलले जानकारी दिए । यसअघि मंगलबार नै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिनुनहुने र संसदमा सामना गरेरै फैसलाको कार्यान्वयन गर्ने बताएका थिए ।