काठमाडौं - साउदी अरबमा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । साउदीको जेद्दामा एक नेपालीको संक्रमणबाट आइतबार ज्यान गएको त्यहाँ रहेको महावाणिज्य दूतावासले जानकारी दिएको हो।

दूतावासका अनुसार जेद्दा क्षेत्रमा अहिलेसम्म ४५ जना नेपाली कोरोना सङ्क्रमित भइसकेका छन्। जसमध्ये १० जना भने निको भएका छन्। बाँकी ४३ जनाको उपचाररत छन् ।

साउदीमा दूतावासका अनुसार त्यहाँ ५० नेपालीलाई कोरोना सङ्क्रमण भएको छ। तीमध्ये १५ जना निको भएका छन्।

साउदीमा अहिलेसम्म कूल ३९ हजार ०४८ जनालाई कोरोना सङ्क्रमण भएको छ। तीमध्ये ११ हजार ५४७ जना निको भएका छन्। २ सय ४६ जनाको भने मृत्यु भएको छ ।