काठमाडौं,बारा-बाराको जीतपुरस्थित पसाहा पुल नजिकै यात्रुवाहक बस दुर्घटना भएको छ ।

मलंगवाबाट वीरगन्ज जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो।

बिहीबार भएको दुर्घटनामा १३ जना घाइते भएका छन् ।​ बसमा ३१ जना सवार थिए ।

घाइते १३ जनाको सशस्त्र प्रहरी बलको रिजर्भ गण बाराबाट खटिएको सुरक्षा फौज उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते दुई जनालाई सशस्त्र प्रहरीको गाडीमा राखेर सिमरा अस्पताल पुर्‍याइएको छ।