बारा जिल्लामा निषेधाज्ञा जारी
खबर एक्सप्रेस
२०७७-०१-३० ०८:०२ मा प्रकाशित
Total Shares: 1522
काठमाडौं - जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै वीरगञ्जबाट बारा जिल्लामा सञ्चालन हुने सवारी साधन पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको हो ।
बैठकले भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । यस्तै, अत्यावश्यक काम बाहेक अन्य कामका लागि कोही पनि घरबाट बाहिर निस्कन रोक लगाएको छ । मंगलबार मात्रै बारा र पर्सामा गरी थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
फेसबुक पेज Like गर्नुहोस