चराको आवाज निकाल्दै सामाजिक संजालमा भाइरल सन्तोषी सुब्बाको हत्या !
काठमाडाैं - दक्षिणकालीमा भेटिएको शव भाइरल सन्तोषी सुब्बाको भएको पुष्टि भएको छ । विभिन्न पशुपंछीहरु लगायतको आवाज निकालेर सामाजिक संजालमा भाइरल बनेकी महिला सुब्बाको शव बुधबार दक्षिणकालीमा भेटिएको थियो । सुब्बाको अनुहार नचिनिने अवस्थामा थियो ।
सुब्बाको शव प्रहरीले दक्षिणकाली परिसरस्थित ट्वाइलेटमा भेट्टाएको थियो । उनको शव टाउकोमा गह्रो वस्तुले हिर्काएको अवस्थामा भेटिइएको हो । सो शवको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो । प्रहरी र चिकित्सकले उनी गर्भवती भएको हुनसक्ने आशंका गरेको छ । यद्यपि, पोष्टमार्टमपछि मात्रै यसको पुष्टि हुनेछ ।
सन्तोषी कालोपुलमा धर्म बुबा भनिने धर्मबहादुर तामाङसँग बस्दै आएकी खुलेको छ । प्रहरीले अहिले तामाङसँग आवश्यक सोधपुछ गरिरहेको छ । तामाङले बयानामा ३/४ दिनदेखि सम्पर्क नभएको बताएका छन् ।
सन्तोषी विभिन्न चराको आवाज निकाल्न सक्थिन्। उनले ६५ भन्दा बढी आवाज निकाल्थिन्।
फेसबुक पेज Like गर्नुहोस