नवरात्रीको दोश्रो दिन: आज माता भगवती ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौं - नवरात्रीको नवरात्रीको दोस्रो दिन आज माता भगवती ब्रहमचारिणीको पूजाआजा गरिँदैछ ।
देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्न भक्तजनहरुको विभिन्न शक्तिपीठमा ठूलो घुइचो लागेको छ । ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रहृमचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।
सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित हुने शास्त्रहरुमा उल्लेख गरिएको छ । ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । ब्रहमचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ ।
माता पार्वतीको यो रुपलाई ब्रहमचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ । घरघरमा स्थापित दशैंघर वा कोठामा पनि माता ब्रहमचारिणीको पूजाआजा तथा उनको गुणवर्णन गरिएका ग्रन्थहरुको वाचन र श्रवणसमेत गर्ने गर्दछन् ।
फेसबुक पेज Like गर्नुहोस