काठमाडौं -  बारामा एकजना प्रहरीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक जवान प्रहरीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । रौतहट जिल्ला घर भएका उनी जिल्ला प्रहरी कार्यालयको मुद्दा फाटमा कार्यरत थिए ।

ती जवानसँग सम्पर्कमा आएका अरुको पनि पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको स्रोतले बताएको छ ।