काठमाडौं - चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या २५ पुगेको छ । यो भाइरसबाट पीडित हुनेको संख्या साढे ८०० बढी छ । चिनियाँ प्रशासनले शुक्रवार यो जानकारी दिएको हो ।

चीन यो ‘ज्यानमारा’ भाइरससँग संघर्ष गरिरहेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अमेरिकासम्म पुगिसकेको छ । यही बेला करोडौँ चिनियाँ लूनरहरु नयाँ वर्षको तयारी गरिरहेका छन् ।

यो भाइरसको प्रकोपका डरले बेइजिङ र हङकङले भीडभाड हुनबाट रोक्न कयौँ ठूला समारोह रद्द गरिदिएका छन् । चीनको खुबे प्रान्तको वुहान र अर्को शरहमा भाइरस फैलिनबाट रोक्न सार्वजनिक यातायात समेत चल्न रोक लगाउनु परेको खबर छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले भनेको छ, ‘एक सय ७७ जनाको अवस्था चिन्ताजनक छ । ३४ जनालाई अस्पतालबाट विदा दिइएको छ । अझै एक हजार ७२ जना कोरोना भाइरसको चपेटामा परेका हुनसक्छन् ।’ चीनबाट फैलिएको यो ‘ज्यानमारा’ भाइरसलाई लिएर विश्वभरका अनुसन्धानकर्ताहरु चिन्तित छन् ।