काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार साँझ ४ बजेलाई बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलक अध्यक्षलाई बोलाइएको छ ।

बैठकमा पूर्व प्रधानमन्त्रीहरुलाई पनि बोलाइएको छ । 

कोरोनाभाइरसको संक्रमण बढिरहेको र नेपाली भूमि लिपुलेकमा भारतले बाटो बनाएको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरूलाई बालुवाटार बोलाएका हुन्।