काठमाडौं,विराटनगर - भोलि बिहिबारको लागि तय गरिएको प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक आउँदो चैत २ गतेका लागि सरेको छ ।

आज प्रदेशसभा सचिवालयले सूचना टाँसी बिहीबारलाई तय भएको बैठक स्थगित गरी चैत २ गते सरेको जानकारी दिएको हो । प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले बैठक विशेष कारणले सरेको जानकारी दिएका छन् ।

यससँगै मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल पनि सरेको छ ।