किन घट्यो नेपाल टेलिकमको नाफा ?
खबर एक्सप्रेस
२०७६-०५-०१ ११:०० मा प्रकाशित
Total Shares: 404
काठमाडौं – नेपाल टेलिकमको नाफा गतवर्ष ४२ प्रतिशतभन्दा कम भएको छ । आर्थिक वर्ष २०७४–७५ मा १७ अर्ब ४९ करोड नाफा कमाएको सरकारी स्वामित्वको कम्पनीले गतवर्ष भने १० अर्ब २० करोड मात्रै खुद नाफा कमाएको थियो ।
टेलिकमको प्रवन्ध निर्देशक डिल्ली अधिकारी टेलिकमको खुद नाफा अघिल्लो वर्ष घट्नुमा दुई कारण जिम्मेवार भएको बताउँछन् । ‘गतवर्ष हामीले ४ अर्ब नवीकरण शुल्कबापत सरकारलाई बुझायौं’, उनले भने, ‘ठूलो रकम नवीकरण शीर्षकमा तिरेपछि नाफा कम भएको हो ।’
उनका अनुसार गतवर्षको बजेटमार्फत सरकारले कर्पोरेट कर ५ प्रतिशतले वृद्धि गरेपछि नाफामा पनि असर परेको हो । यस्तै अन्तर्राष्ट्रिय कलको दर घट्नु पनि अर्को कारण भएको छ ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस