शालिकराम आत्महत्या प्रकरण : रवि लामिछानेलाई अदालतमा पेश
चितवन - पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कंडेललाई अदालत पेश गरिएको छ ।
पक्राउ परेका तीन जना मध्य अस्मिता भनिने रुकु कार्कीको बयान आइतबार नै सकिएपछि कंडेल र लामिछानेलाई आज अदालतमा पेश गरिएको हो ।
समय अभावका कारण रवि र युवाराजको हुन नसकेको बयान आज बिहान १० बजेबाट सुरु हुने जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जनतापाटी अनलाइनलाई जानकारी दिए । आज रवि र युवराजको बयान सकिएपछि तिनै जनाको बयान सम्पन्न हुनेछ ।
बयान सम्पन भए पछि थुनछेक प्रायोजनका लागि उनिहरुका वकिलले बहस सुरु गर्ने छन् । त्यससँगै थुकछेक आदेशको प्रक्रिया अघि वढ्ने श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस