काठमाडौं - सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शुक्रबार कालिमाटी गाउँपालिका–२ बराहडुंगा बस्ने ६२ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मगर साथीहरूसँग शिकार खेल्न गएका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो भाग तथा कम्मरमा गोली लागेको थियो। गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे जानकारी प्राप्त भएपछि खटिएको प्रहरी टोलीले सँगै शिकार खेल्न गएका ६ जनालाई पक्राउ गरेको छ ।