काठमाडौं- सरकारले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ।  मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को लागि बजेटमार्फत गत साउन १ गतेदेखि नै लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूको नयाँ तलबमान र सुविधा स्वीकृत गरेको अर्थ मन्त्रालयले जनाएको छ। 

नयाँ तलबमान अनुसार मुख्यसचिव र प्रधानसेनापतिको तलब समान ९० हजार ५ सय ९४ रुपैयाँ कायम भएको छ। यसअघि उनीहरूको सुरु तलबमान ८४ हजार ९ सय ३२ रुपैयाँ रहेकोमा ग्रेड वृद्धि पश्चात् कुल तलब ९० हजार ५ सय ९४ पुगेको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक, सरकारका सचिवहरूको कुल तलब ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ।