काठमाडौं - नेको इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले आठ सय विद्यार्थीलाई खाद्यान्न वितरण गरेर  प्रशंसनीय कार्य गरेका छन् । 

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण देश पूर्ण रुपमा लकडाउन भएको बेला विद्यार्थीहरु खाद्यान्न अभावले समस्या परेकोले त्रिभुवन विश्व विद्यालय किर्तिपुरमा देशका विभिन्न ठाउँ बाट अध्ययनका लागि आएका आठ सय विद्यार्थीहरुलाई सिइओ खड्काले १५ दिनका लागि पुग्ने गरी खाद्यान्न वितरण गरेर  विद्यार्थीहरुलाई ठूलो सहयोग गरेका छन् । 

खड्काले विद्यार्थीहरु लाई समस्या परेको जानकारी पाउनासाथ दुई सय बोरा चामल, दुई सय केजी दाल र पाँच सय प्याकेट नुन लगायतका १५ दिनलाई पुग्ने गरी खाद्यान्न वितरण गरेका छन् । 

उनले गरेको उक्त सहयोग व्यक्तिगत सहयोग हो । उनले गरेको सहयोगको चौतर्फी प्रशंसा भएको छ।