थाइल्यान्डमा अन्धाधुन्ध गोली चलाउने सैनिकलाई गोली हानेर मारियो
खबर एक्सप्रेस
२०७६-१०-२६ ११:०० मा प्रकाशित
Total Shares: 338
काठमाडौं - थाइल्यान्डमा शनिबार अन्धाधुन्ध गोली चलाउने सैनिकलाई गोली प्रहार गरेर मारिएका छन् । थाइ सैनिक नाखोन रतचासीमामा सुरक्षाकर्मीले गोली प्रहार गरेको थाइ प्रहरीले जनाएको छ ।
थाइ सैनिक जाक्रापन्थ थोम्मालले चलाएको गोली लागेर शनिबार २६ जनाको मृत्यु भएको थियो । उनले सैनिक क्याम्पबाट हतियार चोरी गरेर आफ्नै सैनिक साथीमाथि गोली प्रहार सुरु गर्दै सडक र सपिङ मलमा पनि अन्धाधुन्ध गोली चलाएका थिए ।
थाइल्यान्डका प्रधानमन्त्री प्रयुथ चान(ओकाले ५७ जना घाइते भएको बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस