पत्रकार वीरेन्द्र साहका हत्या आरोपी १२ वर्षपछि पक्राउ
खबर एक्सप्रेस
२०७६-११-२५ ०८:०२ मा प्रकाशित
Total Shares: 378
वीरगन्ज - पत्रकार वीरेन्द्र साहका हत्या आरोपी कुन्दन फौजदार १२ वर्षपछि पक्राउ परेका छन् ।
कुन्दनलाई आइतबार राति २ बजे बारागढी गाउँपालिका(६ गडहलस्थित उनकै गाउँबाट पक्राउ गरेको बाराको प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
प्रहरीले कुन्दनलाई पक्राउ गर्ने क्रममा उनका समर्थकले अवरोध गर्दा ४ राउन्ड हवाई फायर गरेको थियो । एभिन्यूज टेलिभिजनमा कार्यरत साहलाई २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थायो ।
शान्ति सम्झौतामा आइसकेको तत्कालीन नेकपा ९माओवादी० मा संलग्न कुन्दन नेतृत्वको टोलीले टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेको आरोप लाग्दै आएको छ ।
फेसबुक पेज Like गर्नुहोस