काठमाडौं -  नेपालमा थप १९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परिक्षणमा मोरङका ४५ वर्षिय पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको परिक्षणमा बारा कलैयाका ३२ वर्षिय पुरुष, विरगञ्ज पर्साका २५, ३४ र ६० वर्षिय पुरुष, रौतहटका ३२ वर्षिय पुरुष, सर्लाहीका ४० र ५० वर्षिय पुरुष, रुपन्देहीका ३२ वर्षिय पुरुष काठमाडौँ सोह्रखुट्टेका ६९ वर्षिय पुरुष रहेका छन् । यस्तै, नुवाकोट ककनीका १ जना, कपिलवस्तुका ३ जना र गुल्मीका १ गरी १९ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६०३ पुगेको छ । जसमा ३ जनाको मृत्यु भएको छ भने ८७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । हालसम्म कोरोना ४२ जिल्लामा फैलिसकेको छ ।