प्रधानमन्त्री ओली अस्पताल भर्ना
खबर एक्सप्रेस
२०७६-०८-१० ११:०० मा प्रकाशित
Total Shares: 530
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।
नियमित स्वास्थ्य परीक्षणका क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा पुगेका प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएपछि भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले पछिल्लोसमय राजधानीको ग्राण्डी अस्पतालमा मिर्गौलाको डायलासिस गर्दै आएका छन् ।
फेसबुक पेज Like गर्नुहोस