काठमाडौं - चीनमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या १३२ पुगेको छ । चिनियाँ स्वास्थ अधिकारीलाई उद्धृत गर्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले ५९७४ जना सो भाइरसबाट संक्रमित भएको जनाएको छ ।

चीनको ३१ प्रान्तमा फैलिएको कोरोना भाइरस विश्वका १६ देशसम्म पुगेको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ ।

कोरोना भाइरसको आशंका गरिएका झण्डै पाँच हजार मानिस निमोनियाबाट पीडित रहेको कुरा सिन्ह्वाले लेखेको छ ।

हुबेई, प्रान्तमा मात्रै सोमबारसम्म २४ जनाको मृत्यु भएको र १७ सय बढी नयाँ संक्रमित फेला परेको र दुई हजार मानिस संदिग्ध रहेको बताइएको छ । हुबेई, बेईजिङ र हाइनान प्रान्तमा गम्भीर रहेको भनिएका ५१५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।