काठमाडौं - नविल बैंकका कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहलाई कोरोनाभाइरस संक्रमण भएको छ ।

सीईओ शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफुलाई संक्रमण भएको जानकारी दिएका हुन् ।

'पहिलो पटक गत बुधवार गन्ध थाहा नपाएर परीक्षण गर्दा नेगेटिभ आएको थियो।' उनले भने, 'त्यसपछि आइसोलेसनमा बसेको थिए किनकि कोभिड १९ का संकेतहरु थिए। फेरि चिकित्सको सल्लाह अनुसार शनिवार परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो ।'

शाह बुधवारबाट नै होम आइसोलेसनमा बसेका छन् ।