कोरोना भाइरसको कारण चीनमा हालसम्म ६३६ जनाको मृत्यु, ३१,१४३ जना संक्रमित
एजेन्सी - कोरोना भाइरसको कारणले चीनमा अहिलेसम्म ६३६ जनाले ज्यान गुमाइसकेका छन् भने ३११४३ जनाभन्दा बढी यसबाट संक्रमित रहेको पुष्टि भएको छ ।
हुबेई प्रान्तको स्थानीय स्वास्थ्य आयोगले बुधबार बेलुका दिएको जानकारी अनुसार बुधबार कोरोना भाइरसको कारणले ७३ जनाले ज्यान गुमाएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार आफ्नो रिपोर्टमा उल्लेख गरेका छन् कि ६ फेब्रुअरीमा कोरोना भाइरसबाट थप ६०० नयाँ मानिसहरुमा यसको संक्रमण देखिएको छ ।
यस संक्रमणबाट सर्वाधिक मृत्यु हुने मानिसहरु हुबेई प्रान्तका रहेका छन् । हुबेई प्रान्तको राजधानी वुहानमा डिसेम्बरबाट कोरोना भाइरसको संक्रमण फैलिन सुरु भएको थियो । अहिले विश्वमै यस भाइरसले संक्रमण फैलाउन सुरु गरेको छ ।
कोरोना भाइरस किटाणुहरुको एक समूह हो तर यसमध्ये ६ किटाणुले मात्र मानिसमा संक्रमण फैलाउँछन् । यता हुनान प्रान्तमा शुआंगक्विंग जिल्लामा आइतबार एक पोल्ट्री फर्ममा हजारौं कुखुराहरु मृत फेला परेका छन् । शुआंगक्विंग हुबेई प्रान्तको दक्षिणी दिशामा रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस