वीरगञ्ज - वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ९ जना संक्रमित कोरोनामुक्त भएका छन् । एक भारतीयसहित पर्साका ४, बाराका २ र रौतहटका ३ गरी ९ जना संक्रमितको पछिल्ला दुई पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् ।

कोरोना मुक्त हुनेहरुमा वीरगञ्जका–२ का ३० वर्षीय, वडा नम्बर ३ का ५० वर्षीय, वडा नम्बर १६ का ५१ वर्षीय छन् । निको भएका एक ४२ वर्षीय चाहिँ भारतीय नागरिक हुन् ।

त्यसैगरी, बारा, सिमराका ४३ वर्षीय र सिम्रौनगढ ४ का ३१ वर्षीय पुरुष गरी २ जना, रौहतट, ईशनाथ नगरपालिका ८ का १९ वर्षीय, वृन्दावन नगरपालिका ८ का २४ वर्षीय र देवाही गोनाही नगरपालिका १ करुनीयाका २२ वर्षीय पुरुष डिस्चार्ज भएका छन् ।

९ जना डिस्चार्ज भएपछि अब नारायणी अस्पतालले ८७ जना संक्रमितको उपचार जारी राख्नेछ । तीमध्ये ६२ जना नारायणीमा र २५ जना गण्डक अस्पतालको आइसोलेशन वार्डमा छन् ।