काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक सहजीकरणका लागि गठित कार्यदललाई बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् ।एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी नेता जनार्दन शर्मा र कांग्रेसबाट गृहमन्त्री रमेश लेखकलाई प्रधानमन्त्री ओलीले छलफलका लागि बोलाइएको छ।प्रधानमन्त्रीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिबारे छलफल गर्न बनेको कार्यदलको कार्यविवरण लिन र त्यसबारे थप छलफल गर्ने छन् ।

विधेयकमा रहेको मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्याधीवक्ताले गम्भीर मानव अधिकार उलंघनको विषयमा घटि मागदावी लिएर जाने लगायत चार विषयमा सहमतिको प्रयास खोजिएको छ ।