काठमाडौं - सभामुखमा निर्वाचित नेकपा नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको उजुरीमाथि सुनुवाइ सरेको छ । न्यायाधीश हरि फुयालको बेन्चमा हुने भनिएको सुनुवाई फुयालले नहेर्ने बताएपछि सरेको हो ।

सर्बोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण आफुले हेर्न नमिल्ने न्यायाधीश फुयालले बताउनु भएको स्रोतले जनाएको छ ।

सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ फुयाँलको एकल इजलासमा आज तोकिएको थियो ।

सभामुखमा सापकोटा आजै निर्वाचित हुनेछन् । आज दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकले सभामुखको एकल उम्मेदवार सापकोटालाई निर्वाचित भएको घोषणा गर्ने छ ।