उपत्यकामा 'टाइम कार्ड' लागू, कुन सवारी कति बेला चलाउने ?
काठमाडौं - आजदेखि काठमाडौं उपत्यकाबाट तीन जिल्ला टाइम कार्ड लागू गरेर तोकिएको समयमा मात्र सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ।
शनिबार बसेको काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, ट्राफिक प्रहरी महाशाखा, उद्योग वाणिज्य विभागका पदाधिकारीहरूको बैठकले आइतकबारदेखि सवारी साधन सञ्चालनका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको थियो ।
निर्णय अनुसार एक तिहाइ कर्मचारीको मात्रै उपस्थिति हुने गरी सञ्चालन गर्न भनेका कार्यालयका कर्मचारीहरूले बिहान ९ बजेदेखि साढे १० बजेभित्रमा कार्यालयमा पुगिसक्नुपर्ने छ । यस्तै, बैंक, वित्तीय संस्थाका कर्मचारीहरू फर्किँदा दिउँसो साढे ३ देखि साढे ५ बजे सम्म फर्किसक्नुपर्ने र सरकारी कार्यालयको हकमा भने बेलुका ५ देखि ६ बजेको समय निर्धारण गरिएको छ।
यसैगरी तरकारी, फलफूल, खाद्यान्न, इन्धन लगायतका अत्यावश्यक सवारीसाधन बिहान १० बजेसम्ममात्रै सञ्चालन हुन पाउने छन्। महाशाखाका अनुसार निर्माण सामाग्री बोकेका ठूला सवारीसाधन उपत्यका भित्र राति ८ बजेदेखि ६ बजेसम्म प्रवेश गरिसक्नुपर्ने छ ।
फेसबुक पेज Like गर्नुहोस