भक्तपुर दूधपाटी केन्द्रबिन्दू बनाएर ४.६ रेक्टरको भूकम्प
खबर एक्सप्रेस
२०७६-०३-२१ ११:०० मा प्रकाशित
Total Shares: 617
काठमाडौं - काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
आज दिउँसो ४ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भक्तपुरको दूधपाटी आसपास केन्द्रविन्दु भएर ४।६ रेक्टरस्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीले यो १२ वैशाख २०७२ मा गएको भूकम्पको परकम्प भएको बताए। परकम्प सानै भएपनि परकम्प नगएको लामो समय भएकाले अहिलेको परकम्पको ठूलो धक्का महशुस गरिएको अधिकारीको भनाइ छ ।भूकम्प गएपछि मानिसहरु घर बाहिर निस्केका थिए ।
फेसबुक पेज Like गर्नुहोस