काठमाडौं  - सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदारविरुद्धमा दोलखावासीले विरोध जनाएका छन्। पटक-पटक आग्रह गर्दा पनि नसुनेको भन्दै स्थानीयले शंख फुकेर विरोध गरेका हुन्। 

सडक निर्माणबारे यसअघि गरिएका आन्दोलनको आवाज नसुनेको भन्दै दोलखा जिल्लाबासीले शनिबार चरिकोटको सातदोबाटोमा खाडीचौर-चरिकोट सडकका ठेकेदारलाई आवाज सुनाउन शंख फुकेर विरोध जनाएका हुन्। 

काठमाडौंबाट १३३ किलोमिटरको दूरी पार गर्न ४ घण्टा लाग्ने गरेकोमा सडक अलपत्र भएपछि दोब्बर समय लाग्ने र यात्रुको ज्यान जोखिममा हुँदासमेत ठेकेदार कम्पनीले निर्माण चासो नदेखाएको नागरिक अगुवाहरूको भनाइ छ।

निरन्तर खबरदारीको अभियानलाई सामान्य रूपमा नलिन स्थानीय सरकार र प्रशासनलाई नागरिक समाजले चेतावनी दिएका छन्।