देशभर मौसममा सामान्य बदली, केही भूभागमा पानी पर्ने सम्भावना
काठमाडौं – शुक्रबार देशभरको मौसम सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बेलुकीपख देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।
विषेशगरी पहाडी भेगमा र तराईका केही ठाउँमा बेलुकातिर पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङगले बताउनुभयो । मध्य र पश्चिम भेगका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिए । शुक्रबार राति पनि दिउँसो जस्तै मौसम बदली भएर केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ ।
अन्य ठाउँको मौसम आशिंकदेखि सामान्य बद्ली भई थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । मनसुन सक्रिय अवस्थामा नभएकाले पानी परेपनि एकैछिन परेर रोकिने मौसमविद् प्रधानाङ्गले बताए ।
नेपालमा समान्यतया मनसुन भित्रिने समयभन्दा १० दिन ढिलो गरी गएको असार ५ गते मनसुन भित्रिएको थियो । मनसुन भित्रिए पनि सक्रिय नहुँदा ठूलो पानी पर्न सकेको छैन । मनसुनी वर्षा हुनुपर्ने समयमा वर्षा हुन नसक्दा दिनप्रतिदिन उखरमाउलो गर्मी बढ्दै गएको छ ।
फेसबुक पेज Like गर्नुहोस