काठमाडौं - सरकारले लकडाउन थप गरेपनि यसअघिका पासलाई मान्यता दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज सूचना जारी गर्दै २० गतेसम्मका लागि जारी भएका निलो रंगका पासले नै आवतजावत गर्न सकिने जनाएको हो । यी पास नवीकरण गरिरहनु नपर्ने कार्यालयको भनाइ छ ।

यसअघि जारी भएका सात दिने र त्योभन्दा बढी समय भएका पासले आवतजावत गर्न कुनै समस्या नहुने प्रशासनले जनाएको छ ।

अब सवारी पास आवश्यक पर्नेले जिल्ला प्रशासनको इमेल वा फेसबुकमा प्रमाण खुल्ने कागजात पठाउनु पर्ने व्यवस्था गरिएको छ ।