काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अब कर्मचारीको मूल्यांकन कामको आधारमा गरिने बताएका छन् । उनले चाकडी चाप्लुसीबाट कर्मचारीको मूल्यांकन हुने दिन गएको बताए ।

सोमबार सचिव यादव कोइरालासँग कार्य सम्पादन सम्झौता गर्दै मन्त्री पण्डितले उक्त कुरा बताएका हुन् । ‘कसले मलाई खुसी बनायो, कस्तो व्यवहार भयो, भनेर अब मूल्यांकन हुँदैन,’ उनले भने ।

विकास निर्माण र सेवा प्रवाहमा जनता गरेको अनुभूतिका आधारमा कर्मचारीको मूल्यांकन हुने उल्लेख गर्दै उनले भने, ‘काम भने हर्ने लायक हुँदैन, उसले सयका सय नम्बर पाउँछ ।’ कागजमा सब ठिक छ तर काम भने केही भएकै नहुने अवस्थाको अन्त्य गरिने उनले जिकिर गरे ।

कामको मूल्यांकनको आधारमा दण्ड र सजायको व्यवस्था हुने उल्लेख गर्दै उनले समयसीमा भित्र तोकिएको काम पूरा गर्नुपर्नेमा जोड दिए ।