काठमाडौं,एजेन्सी - भारतको महाराष्ट्रास्थित पालघर जिल्लाको विरार वेस्टमा अवस्थित विजय वल्लभ कोरोना सेन्टरको आइसीयुमा आगलागी हुँदा १३ बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिलाहरु रहेका छन् ।

घटना हुँदा आइसीयुमा १५ बिरामी थिए भने पूरा अस्पतालमा ९० बिरामी भर्ना भई उपचाररत थिए ।

शुक्रबार बिहान ३ः२५ (स्थानीय समय)मा आगलागी भएको बताइएको छ । आगलागी नियन्त्रणमा ल्याउन १ घण्टा लागेको थियो । विद्युत शर्ट भई आगलागी भएको बताइएको छ ।