लकडाउनको प्रभावः प्रदेश नम्बर २ ले गरिब र ज्यालादारीमा काम गर्ने मजदुरलाई खाना दिने
खबर एक्सप्रेस
२०७६-१२-१६ ०२:२४ मा प्रकाशित
Total Shares: 655
जनकपुर - प्रदेश नम्बर २ सरकारले लकडाउन अवधिभर प्रदेशका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको हो । यसको व्यवस्थापन लागि वीरगंज महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख तथा हरेक नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने सरकारले निर्णय गरेको छ ।
यस्तै प्रदेश सरकारले सोही बरावरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस