वीर अस्पतालमा कोरोना आशंका गरिएका २ जनाको मृत्यु
काठमाडौं - काठमाडौंस्थित वीर अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंका गरिएका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र अर्का पुरुष रहेको अस्पताल स्रोतले बताएको छ ।
आइतबार भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको हो । काठमाडौंको चन्द्रागिरीमा बस्दै आएकी ती महिला यसअघि पनि मधुमेह, पिसाब संक्रमण र हाइपोटेन्सन लगायत रोगबाट ग्रसित रहेकी थिइन् ।
यस्तै, मृत्यु हुने पुरुष भने भारतीय नागरिक रहेको बताइएको छ । हाल काठमाडौंको कालिमाटी बस्दै आएका उनी केही दिन अगाडि मात्रै भारतबाट नेपाल आएका थिए ।
अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार दुबै जनाको कोरोना संक्रमण आशंकामा नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ । तर रिपोर्ट आइपुगेको भने छैन ।
फेसबुक पेज Like गर्नुहोस