कोरोना कहर: इरानमा थप दुईको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या २२ सय नाघ्यो
काठमाडौं - विश्व स्वास्थ्य संगठनले चीन र संक्रमणको पुष्टि भएकाहरुसंग कुनै सम्बन्ध नभएकाहरुमा पनि घातक कोरोना भाइरसको संक्रमण भेटिएको भन्दै चासो व्यक्त गरेको छ ।
इरानमा थप दुई जना गरी संक्रमणबाट चार जनाको मृत्यु भएपछि डब्ल्यूएचओले यस्तो चासो व्यक्त गरेको हो । डब्ल्यू एच ओका प्रमुख डा.टेड्रोस अदानोमले चीनबाहिर संक्रमितको संख्या तुलनात्मक रुपमा थोरै भएपनिस्वरुप भने चिन्ताको विषय रहेको बताए ।
उनले चीन र अरु मुलुकले संक्रमण नियन्त्रण र रोकथाममा चालेका कदमबाट संक्रमण थप फैलिन रोकिने सम्भावना भने देखिएको बताए । यता, इरानका स्वास्थ्य अधिकारीहरुले संक्रमण इरानका सबै शहरमा हुन सक्ने बताइसकेका छन् ।
इरानमा शिया मुश्लिमको बाहुल्य रहेको क्वाम शहर कोरोना संक्रमणको केन्द्र मानिएको छ । चीन बाहिर २६ मुलुकमा ११ सय ५२ जनामा संक्रमित र आठ जनाको मृत्यु भएको पुष्टि भैसकेको छ ।
कोभिड–१९ नाम दिइएको भाइरसका कारण चीनमा २२ सय ३९ जनाको मृत्यु भएको छ भने ७५ हजार ५ सय ६७ जना संक्रमित भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस