यी चर्चित देशमा छन् यस्ता विचित्रका अन्धविश्वास
एजेन्सी - इण्डोनेशियाको सुलावेसी आइल्याण्डमा बसोबास गर्ने टोराजन आदिवासी समुदायभित्र विचित्र परम्परा छ । उनीहरु मृत व्यक्तिको शबलाई वर्षेनी घर ल्याएर नुवाइधुवाई, पूजाआजा, नयाँ कपडा लगाइदिने गर्छन् । यसका लागि घरपरिवार गाउँले भेला हुन्छन् । परिवारका सदस्यले सेल्फी फोटो खिच्छन् । उत्सव मनाउँछन् । टोराजनबासी भौतिक रुपमा मानिसको अन्त्य भएको मान्दैनन् । मृत्यु जीवनको अर्को यात्रा हो । जीवन अन्त्य भएको मानिस भगवान भएर आफ्नो परिवार र गाउँलेलाई आशिर्वाद दिने उनीहरुको विश्वास छ ।
न्यूजिल्याण्डमो एक समाजमा मरेको व्यक्तिलाई हात खुट्टा बाँधेर ठूलो खाडलमा गाडिन्छ । यस्का पछाडि उनीहरुको यो विश्वास छ कि मरेको मानिस खाल्डोबाट निस्केर बाहिर आउन नसकोस् ।
क्यूवाका मानिस पूर्णिमाको उज्यालो रातलाई निक्कै खराव मान्छन् । त्यसैले उनीहरु चन्द्रमा लागेका बेला घरबाट बाहिर निस्कदैनन् । अफ्रिकीहरु मरेको सर्पको खोल (काँचुली) नवजात शिशुलाई छुवाउने गर्छन् । बालकलाई सर्पले आक्रमण नगरोस् भनेर उनीहरु यसो गर्छन् ।
अरवका मानिस ठूलो आँधीवेहरी आएमा घरबाट बाहिर निस्केर ठूलो ठूलो आवाज निकाली कराउँछन् । उनीहरुको मान्यता छ कि यसरी कराएपछि आँधीबेरी तुरुन्त रोकिन्छ ।
एर्शियाका मानिस काग घर नजिक आएर कराएमा त्यस घरमा कुनै व्यक्तिको मृत्यु हुन्छ भन्ने विश्वास छ । पेरुमा वर्षा गराउनका लागि कालो भेडालाई ठूलो मैदानको बीचमा राखिन्छ । जबसम्म वर्षा हुँदैन तबसम्म सो भेडालाई त्यहाँबाट हटाइँदैन् ।
रुसी सेना नायक युद्धको बेला सानो घोडामाथि चढ्ने गर्छन् । अष्ट्रेलियाका मानिस चन्द्रमालाई जंगली जजनावरको रुपमा लिन्छन् । उनीहरु भन्दछन् कि सो जनावर कुनै अर्को जनावरकी स्वास्नीसंग प्रेम गर्दथी । दण्ड स्वरुप उसलाई घरबाट बाहिर निकालिएकाले चन्द्रमा सधैंभरि बाहिर घुमिरहन्छिन् ।
अंग्रेजी नारी घरको मुख्य ढोकाबाट कचौरा बाहिर निकाल्दैनन, यसको पछाडि उनीहरुको विश्वास छ कि यसो गरेमा घरकी लक्ष्मी पनि संगै बाहिर जान्छिन् । पेनबासीहरु जहाजमा चढ्नुभन्दा पहिले दाहिने खुट्टा राख्ने गर्दछन् ।
यूरोपियनहर यो विश्वास राख्छन् कि कुनै घरको छानोमा मौरीले चाका बनाउन लागेमा त्यस घरको मुख्य व्यक्तिको एक वर्षभित्र अवश्य मृत्यु हुन्छ । इटालियनहरु विश्वास गर्दछन् कि सर्पले कुनै माटोको ढिस्कोलाई कुण्डली मारेर बसेको भए सो थुप्रोभित्र अवश्य धन छ ।
फेसबुक पेज Like गर्नुहोस