काठमाडौं - भारतको राजधानी दिल्लीमा नागरिकता विधेयकको समर्थन र विरोधमा भईरहेको प्रदर्शनमा ७ जनाको मृत्यु भएको छ । प्रदर्शनमा अन्य ३५ जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमको अनुसार मङ्गलबार बिहान उपचार गराइरहेका तीन जनाको ज्यान गएपछि ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको हो ।

झडपले हिंसाको रुप लिएपछि केन्द्रीय गृह मन्त्री अमित शाहले उपराज्यपाल अनिल बैजल, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र विभिन्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित बैठक बोलाएका छन् ।

झडपकै कारण दिल्ली जाफराबाद, मौजपुर, बाबरपुर, गोकुलपुरी, जोहरी एन्कलेव र शिव विहारको स्टेशन बन्द गरेको छ ।