काठमाडौं - चीनमा कोरोना भाइरसका कारण हालसम्म १३७० जनाको मृत्यु भएको छ भने ६० हजारभन्दा बढी संक्रमित भएका छन् । कोरोना भाइरसबारे अनुसन्धानमा जुटेका वैज्ञानिकहरुका अनुसार यस भाइरसले २.२ जना व्यक्तिलाई संक्रमति गराइरहेको छ ।

अन्य भाइरसको अनुपात भने १.३ रहेको उनीहरुले बताएका छन् । हालसम्म यस भाइरस नियन्त्रण गर्ने भ्याक्सिन पत्ता लागेको छैन । यो भाइरस ३० वटा भन्दा बढी देशमा फैलिइरहेको छ ।

बुहान क्षेत्रमा रहेका शवदाहहरु शवैशव भएका छन् । शवको व्यवस्था गर्न खटिएका व्यक्तिहरुमा समेत मानसिक समस्या देखिएको बताइएको छ । चीन सरकारले भने कोरोना भाइरसलाई चाँडै नै नियन्त्रणमा लिने आश्वासन दिदै आइरहेको छ ।