काठमाडौं -  इरानस्थित अमेरिकी दुतावासमा रकेट आक्रमण भएको छ । आइतबार बिहानै दुतावासमा केहि रकेट आक्रमण भएको अमेरिकी सैन्य स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ ।

बग्दादस्थित आफ्ना रिपोर्टरले ठूलो विस्फोटका धेरै आवाज सुनेको भन्ने जानकारी दिएको एएफपीले जनाएको छ। यद्यपी कति वटा रकेट आक्रमण भयो ? कति क्षती भयो ? भन्ने यकिन जानकारी आएको छैन ।

आक्रमण कसले गरेको भन्ने पुष्टि भएको छैन। अमेरिकाले भने इरान आक्रमणमा इरान समर्थित समूहको हात रहेको दाबी गरेको छ।

गत जनवरी ३ मा अमेरिकाले इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानीको हत्या गरेको थियो।