नेकपा प्रवेशको तयारीमा दिपक मनाङ्गे
काठमाडौं - गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे० सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन् ।
नेकपा प्रवेशका लागि बिहीबारको कार्यक्रम तय भएको गुरुङका स्वविय सचिव जगदीश योगी र नेकपाले पुष्टि गरेका छन्।गुरुङ मनाङ ‘ख’बाट निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका उनलाई तत्कालीन एमालेले समर्थन गरेको थियो । ज्यान मार्ने उद्योग सम्बन्धी पुरानो मुद्दाकै क्रममा पक्राउ परेपछि उनले सपथ लिन पाएका थिएनन्।
तर अदालतको आदेशमा रिहा भएपछि २०७५ माघ १४ गते गुरुङले प्रदेश सभा सदस्यको सपथ लिएका थिए।पुस ६ गते जेलमुक्त भएपछि १२ गते उनले सपथ लिन पाऊँ भनी गण्डकी प्रदेश सभामा निवेदन र निर्वाचन आयोगबाट दिइएको विजय उम्मेदवारको प्रमाणपत्र पेस गरेका थिए । निवेदन दिएको १ महिनापछि सभामुख नेत्रनाथ अधिकारीले उनलाई सपथ खुवाएका थिए।
फेसबुक पेज Like गर्नुहोस