काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री स्वर्णिम वाग्लेले भेटवार्ता गरेका छन्।

उनीहरुबीच बुधबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेट भएको हो ।

भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेपछि वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।