काठमाडौं - प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट झण्डै ३१ किलो गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ।

रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो । प्रहरीले शनिबार साँझ करिब ७ बजे वडा नम्बर १९ बाट बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।

एम्बुलेन्स रोकेर हेर्दा तीन वटा झोलाभित्र ६ पोकामा राखेको गाँजा फेला परेको थियो। एम्बुलेन्सबाट ९१ हजार रूपैयाँ पनि बरामद भएको छ ।

प्रहरीले एम्बुलेन्स चालक डुमरिया नगरपालिका९ का मोहम्मद खलिद, डुमरिया–४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनीलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।